मंगलबार, ११ वैशाख २०८१

एस यु भि कम्पास बजारमा ,यस्तो छ मुल्य

समयपोष्ट २०७४ साउन १७ गते ११:१२

फियाट क्रिस्लर अटोमोबाइल्सले भारतीय बजारमा जिपको कम्पास मोडल सार्वजनिक गरेको छ । १६२ एचपी, १.४ लिटरको मल्टिएयर पेट्रोल र अर्को १७३ एचपी, २.० लिटर मल्टिजेट टु टर्बो डिजेल इन्जिनमा उपलब्ध यस गाडीको मुल्य १४ लाख ९५ हजारदेखि २० लाख ६५ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

Advertisement

डिजेल इन्जिनमा सिक्स स्पिड म्यानुअल गियरबक्स रहेको यस गाडीमा  पेट्रोल इन्जिनमा सिक्स स्पिड म्यानुअल र सेभेन स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्स रहेको छ । यसमा एन्ड्रोइड अटो र एप्पल कार प्ले सहितको ७ इन्चको टचस्क्रिन छ ।

त्यसैगरी यसमा ड्युअल जोन क्लाइमेट कन्ट्रोल र इलेक्ट्रोनिक पार्किङ ब्रेक रहेको छ ।  यसमा सुरक्षाका लागी ६ वटा एयर ब्याग राखिएको छ । यो वाहेक सुरक्षाका लागि कम्पासमा ५० किसिमका फरक सुरक्षाहरु राखिएको छ । यो एसयूभीलाई भारतले अन्य देशमा समेत निर्यात गर्ने जनाएको छ ।

 भारतमा जिपको यो तेस्रो मोडल हो भने भारतमै स्थानीय रुपमा एसेम्बल्ड गरिएको पहिलो हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री