बिहीबार, ६ वैशाख २०८१

विदेश जाने विद्यार्थी रोक्न सफल भएका छौं 

समयपोष्ट २०७३ भदौ ८ गते ४:४०

इस्लिङ्टन कलेजका सुलभ बुढाथोकी कुनै समय त्रिभुवन विश्वविद्यालयमा एमएसीलाई पढाउँथे । सोही समय पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङका विद्यार्थीलाई पनि अलिकति समय दिने मौका उनलाई मिलेको थियो । अध्यापनत्रण्ममा सफ्टवेयर डिभलपमेन्टमा समेत काम गर्न भ्याएका उनले तत्कालीन इन्फम्र्याटिक्स कलेज हालको इस्लिङ्टन कलेजमा ल्याब असिसटेन्टका रूपमा समेत काम गर्न भ्याए । ल्याबमा काम गर्दै जाँदा तत्कालीन इन्फम्र्याटिक्स कलेजमा उनले अध्यापन गर्ने अवसरसमेत प्राप्त गरे । यसरी अध्यापन गराउँदै जानेक्रममा उनमा अध्यापन क्षेत्रमै गहिरो लत बस्यो । विविध कारणवश तत्कालीन इन्फम्र्याटिक्स कलेज बन्द हुने अवस्थामा पुग्यो । उक्त समय उनले आफू सोही कलेजलाई अगाडि बढाउन चाहेको प्रस्ताव पुरानो म्यानेजमेन्टसमक्ष राखे । उनको प्रस्ताव सर्वसम्मतले स्वीकृत पनि भयो । अन्तत सन् २००३ मा तत्कालीन इन्फम्र्याटिक्स कलेजलाई उनले टेकओभर गरे । विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्दै तत्कालीन इन्फम्र्याटिक्स कलेज हाल अन्तर्राष्ट्रियस्तरको इस्लिङ्टन कलेज भएको छ । इस्लिङ्टन कलेजले १३ वर्षदेखि बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको सम्बन्धनमा चलिरहेको छ । यो कलेज लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको हाइ ¥याङकिङमा पर्दै आएको छ । यसको नेतृत्व गरेका छन्– शिक्षण क्षेत्रमा एक दशकभन्दा बढी समय बिताएका शुलभ बुढाथोकीले । 
इस्लिङ्टन कलेजलाई विस्तार गरी विगत दुई वर्षदेखि विराटनगरमा मेरिल्यान्ड कलेज पनि सञ्चालन गर्दै आएका उनले पोखरामा इन्फम्र्याटिक्स कलेज, इटहरीमा इटहरी अन्तर्राष्ट्रिय कलेज सञ्चालन तयारीमा छन् । अबको पाँच÷सात वर्षमा नेपालमा छ÷सात सहरमा पुग्ने योजनासहित अगाडि बढेका सीईओ शुलभ बुढाथोकीसँग गरिएको कुराकानी ।

Advertisement

विदेशी युनिभर्सिटीको प्रोग्राम चलाइरहनुभएको छ, अहिलेसम्मको अनुभूति कस्तो रह्यो ?
हामीले कलेज स्थापना गरेको तेह्र वर्ष भयो । सुरुसुरुमा विदेशी डिग्री के हो ? कसो हो ? भनेर मानिसमा भरोसा थिएन । यहाँका कन्सल्टेन्सी, लोकल कलेज, अभिभावकले समेत हामीलाई विश्वास गर्न निकै समय लाग्यो । करिब सात÷आठ वर्षसम्म मानिसलाई आत्मसात् गर्नै गाह्रो भयो । यस कलेजबाट अहिलेसम्म ३५ भन्दा बढी विद्यार्थी ग्य्राजुयट भइसकेका छन् । हाम्रा ग्य्राजुयटले देश–विदेशका विभिन्न ठाउँमा पुगेर आफूलाई प्रमाणित गरेका छन् । अब आममानिस, अभिभावकले पनि यस्तो किसिमको शिक्षा चाहिँदोरहेछ, यो पनि विकल्प हुँदोरहेछ भनेर बुझ्न थालेका छन् । 
कलेजको अहिलेको अवस्था कस्तो छ ?
अहिले हाम्रो कलेजमा लगभग १२ सय विद्यार्थी छन् । हामीले यहाँबाट पासआउट भएका ३५ सय विद्यार्थी संसारका नाम चलेका देश र नेपालकै निजी तथा सरकारी कार्यालयमा रोजगारी पाइरहेका छन् । साथसाथै आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल भएका छन् । अभिभावक, विद्यार्थी सबै निकै खुसी छन् । हाम्रोमा नयाँ भर्ना प्रक्रियामा आउने ७५ देखि ८० प्रतिशत विद्यार्थी प्रायः हाम्रै पुराना विद्यार्थीले रिफर गरेर पठाउने गरेका छन् । 
स्वदेशमै विदेशी डिग्री हुँदाहुँदै विद्यार्थी विदेश जान किन नछाडेका होलान् ?
हामीले विद्यार्थी रोक्ने प्रयास नगरेका होइनौं, गरेका हौं । जति पनि हाम्रो कलेजमा विद्यार्थी अध्ययन गरिरहेका छन्, यदि हाम्रो कलेज नभएको भए यसको करिब ७५ प्रतिशत विद्यार्थी विदेश जान्थे होला । हामीले यहाँ प्रदान गर्ने शिक्षा पनि विदेशकै हो । त्यसैले बाहिर जाने केही विद्यार्थी रोक्न हामीले सरकारलाई सहयोग गरेकै छौं । प्रायः सबै विद्यार्थीको सोच विदेश जाने नै छ । देशमा विद्यमान अस्थिरता स्वदेशमा भविष्य नै छैन भन्ने विद्यार्थीको सोच छ । विदेश गयो भने सबै सुख पाइन्छ भन्ने युवाको भ्रममका कारण विद्यार्थी धेरै विदेशतिर पलायन हुँदै गइरहेका छन् । फेरि जो विदेश गएका छन्, उनीहरूले पनि त्यहाँ आफूले पाएको दुःख कहिल्यै सेयर गर्दैनन् । नयाँ गाडी किनेर हिँडेको, ठुल्ठूला भवन अगाडि बसेर फोटो खिचेकोमात्र देखाउने तर आफूले विदेशमा गरेको दुःख नदेखाउने कारणले पनि युवा भ्रमित भइरहेका छन् । त्यहाँ गएपछि मात्र उनीहरूले वास्तविकता थाहा पाउँछन् । 

sulav budhathokiविदेशी कोर्स यहाँ सञ्चालन गरेपछि अरू देशका विद्यार्थीलाई नेपालमा ल्याउने सोच के छ ?
हामी यसमा पछाडि पर्नुको मुख्य कारण भनेकै राजनीतिक कारण हो । हामीले सुरुवात भुटानबाट गरेका हौं। भुटानमा सुरुवात गर्दा उनीहरूले विद्यार्थी पठाउने भनेका हुन् । तर, नेपालमा खुलाभन्दा बन्द बढी हुने भएकाले विद्यार्थी कसरी पठाउने भनेर उनीहरूले हामीलाई प्रश्न गरे । तर, यो वर्ष हामी पछाडि पर्नुका कारण भनेको वैशाख १२ को भूकम्प नै हो । विदेशबाट यहाँ विद्यार्थी ल्याउने अवसर नभएका होइनन् । उदाहरणका लागि विराटनगरको मेरिल्यान्ड कलेजमा सिलगुढी, पुर्निया, काँगडासम्मको विद्यार्थी आएर अध्ययन गरिरहेका छन् । सम्भावना छ तर त्यो सम्भावनालाई सपोर्ट गर्न कानुनी राज्य, सबै कुराको सुविधा हुने र सुरक्षित हुने वातावरण सरकारले बनाइदिने हो भने विद्यार्थी आउँछन् । अहिलेको हाम्रो प्रगति भनेको हामीले चिनियाँ विद्यार्थी ल्याउने तयारी गरिरहेका छौं । त्यसका लागि हामीले सम्बन्धित निकायसँग छलफल, भेटघाट गरिहेका छौं । सम्भावना छ, खालि वातावरणमात्र नभएको हो । काठमाडौंको हावापानी, राजनीतिक रूपमा तटस्थ देश पाकिस्तानी, भारतीय, अफगानी जोकोही पनि यहाँ निर्वाध रूपमा आउन सक्छन्, समस्या छैन । यत्तिको राम्रो हावापानी भएको देशमा अलिकति राजनीतिक वातावरण राम्रो हुने हो भने यहाँको सम्भावना निकै ठूलो छ । 

विदेशबाट विद्यार्थी ल्याउँदा आइपर्ने समस्या के–के हुन् ?
आमरूपमा विद्यार्थी नेपाल आउँदा यहाँको भिजा प्रक्रिया अलि झन्झटिलो छ । अर्को समस्या भनेको हामी कुनै पनि विद्यार्थीको सम्पूर्ण रूपमा जिम्मा लिन सक्दैनौं। यदि विद्यार्थीले त्यस्तो केही अनैतिक काम गर्नेबित्तिकै त्यो कलेजको साख जोडिन जान्छ । फेरि भारतीय, अरू छिमेकी देशका विद्यार्थीका लागि भने खासै झन्झटिलो छैन ।
 
नेपालको शिक्षा नीति निजी क्षेत्रमैत्री भएन भनिन्छ, के लाग्छ तपाईंलाई ?
निजी शिक्षा क्षेत्र भनेको हाम्रो साथी हो । देश बनाउनका लागि यिनीहरूको पनि योगदान छ भन्ने सरकारले देखेको छैन । होला केही नाफा कमाउनका लागि मात्र खोलिएका कलेज पनि होलान् । हुन त नाफा नभए काम किन गर्ने भन्ने पनि हो । तर, नाफामात्र आर्जनका लागि कलेज खोल्ने होइन । सबै कलेज त्यसरी नाफाकै लागि मात्रै पनि लागेका छैनन् । जो नाफाको मात्र पछि लागे उनीहरू सफल भएका पनि छैनन् । निजी शिक्षा क्षेत्रले देश बनाउनका लागि जुन योगदान पु¥याएको छ, त्यसको कत्ति पनि गन्ती भएको छैन । उदाहरणका लागि हाम्रो कलेजमा कम्युटर नेटवर्किङ एन्ड साइबर सेक्युरिटी भन्ने कोर्स सञ्चालन गरेका छौं। त्यसको प्रोफेसनल जो निस्किन्छ, त्यसले नेपालको बैंकिङदेखि नेपाल प्रहरी समेतलाई सपोर्ट गर्छ । त्यस्ता विद्यार्थी, शिक्षक हामीसँग हुनुहुन्छ । यस्तो जनशक्ति हामीले उत्पादन नगरेको भए अरू देशको भर पर्नुपथ्र्यो होला । आजभन्दा पाँच÷सात वर्षअघि मात्रै पनि एनिमेटर प्रोफेसनलका लागि भारतमा भर पर्नुपर्ने अवस्था थियो । तर, त्यो काम हामीले उत्पादन गरेका विद्यार्थीले गरिरहेका छन् । त्यसैले निजी क्षेत्रले योगदान पुर्याएको छ तर त्यसको उचित सम्मान भएको छैन । निजी क्षेत्र पनि एउटा अंग हो भनेर स्वीकारिएको छैन । निजी संस्था भनेको नाफा कमाउनमात्र आएका हुन्, नाफाबाहेक यिनीहरू केही पनि गर्दैनन् भन्ने बुझाइ पाइन्छ । हामीलाई सरकारले सौतेनी आमाको बच्चाजस्तो व्यवहार गरेको अनुभूति हुन्छ । 

शिक्षा ऐन संशोधन भएको छ, यसलाई कसरी लिनुभएको छ ?
यस ऐनले बढी मात्रामा स्कुललाई असर पुर्याएको छ । उच्चशिक्षालाई त्यति छुँदैन तर त्यसमा पनि नयाँ निर्देशिका आएको छ । सुधारतिर जाने खुड्किलो यसले टेकेको छ जस्तो मलाई लाग्छ । अन्तर्राष्ट्रिय शिक्षाको कुरा गर्दा अब सिरियस मान्छेमात्र यस क्षेत्रमा आउने भए । एउटा लहडमा लागेर म कलेज खोल्छु भन्ने मान्छे आउन गाह्रो छ । जुन ऐन आएको छ, यसले अन्तर्राष्ट्रिय मापदन्ड मिट गर्न एक कदम अगाडि आएको छ । यसले समग्र शैक्षिक क्षेत्रलाई एक स्टेप माथि उठाउने काम गरेको छ । 
नेपालको शिक्षा बेरोजगार मात्र उत्पादन गर्ने भयो, व्यावहारिक भएन भनिन्छ । तपाईंको अनुभवमा नेपालमा किन प्राविधिक शिक्षामा जोड दिन नसकिएको होला ?
मेरो अनुभवमा नेपालमा बढी बेरोजगार उत्पादन गर्ने नै संस्था बढी छन् । कुनै पनि कलेजमा विद्यार्थी आउने भनेको ज्ञानी बन्नका लागि हो । त्यो विद्यार्थीलाई सकारात्मक बनाउन कसैले सिकाएन । मान्छेलाई व्यवहार कसरी गर्ने, डिल गर्दा कसरी डिल गर्ने, समस्यासँग कसरी जुध्ने भन्नेतिर कोही पनि गएन । मात्र नम्बर कसरी बढी ल्याउने भन्नेतिर गयो । सर्टिफिकेट र नम्बरमा मात्र फोकस बढी गरेको हुनाले त्यो सर्टिफिकेटलाई प्रमाणित गर्ने क्षमता नै ऊसँग हुँदैन । त्यसलाई समाजमा ढाल्नसक्ने एउटा सकारात्मक धारणा भएको जुन इन्डष्ट्रीले खोज्छ, त्यसलाई अँध्यारोमा राखेको हुनाले यस्तो भएको हो । तर, अन्तर्राष्ट्रिय कलेज किन सफल भए भन्दा हाम्रो कलेजमा ग्य्राजुयट भएकाहरू ६ महिनामै रोजगारी पाउने अथवा उच्चशिक्षामा जाने ९८ प्रतिशत छन् । यसको कारण भनेको उनीहरूलाई सर्टिफिकेट मात्र भएर पुगेन, नम्बरमात्र भएर पुगेन, नम्बरको साथसाथै उनीहरूलाई क्षमता, क्षमतालाई सम्बोधन गर्न सक्ने पोजेटिभ माइन्ड सेट र समस्यासँग कसरी जुध्ने, त्यो हामी सिकाउँछौं । तर, नेपालको शिक्षामा यो पाटो अलि कम भएका कारणले गर्दा बेरोजगार बढ्ने गरेको हो ।
यस कलेजका आगामी योजना के छन् ?
यो कलेज एउटा सफल कलेजका रूपमा स्थापना भइसकेको छ । हरेक कोणबाट जस्तो विद्यार्थीको सफलतादेखि अभिभावकको खुसी, विदेश जाने युवालाई होल्ड गरेर देशलाई पनि योगदान दिएका छौं । बाहिर जाने रकम हामीले यही रोकिदिएका छौं  । हामीले उचित स्रोत र साधन उत्पादन गरिदिएका छौं । यस कलेजमा एक सय २० जनाको रोजगारी सिर्जना गरिदिएका छौं । यो एउटा सफल संस्थाका रूपमा अगाडि बढिसकेको छ । अबको योजना भनेको यो सफलतालाई नेपालका विभिन्न सहरमा लिएर जाने हो । विराटनगरमा मेरिल्यान्ड कलेज विगत दुई वर्षदेखि सञ्चालित छ । त्यहाँ हामीले एउटामात्र कार्यक्रम चलाएका छौं । हरेक वर्ष सयजना विद्यार्थी लिएका छौं । यदि त्यहाँ त्यो कलेज नहुँदो हो त ८० विद्यार्थी कि भारत जान्थे कि काठमाडौं आउँथे । अधिकांश मारवाडीको बच्चा भएकाले उनीहरू भारत नै जाने थिए । तर, हामीले त्यहाँ होल्ड गर्न सक्यौं । जुन सहरमा गयो, त्यहाँ विद्यार्थी होल्ड गर्ने रोजगारी सिर्जना गर्ने भन्ने उद्देश्यसाथ हामी विभिन्न सहर जान खोजेका हौं । विराटनगरको मेरिल्यान्ड कलेज, पोखराको इन्फम्र्याटिक्स कलेज, इटहरीमा इटहरी अन्तर्राष्ट्रिय कलेज भनेर नेपालमा छ । सात सहरमा पाँच÷सात वर्षभित्र पुग्ने योजना छ । होरिजेन्टल एक्सपान्सन त्यसरी छ भने भर्टिकल एक्सपान्सनमा इस्लिङ्टनमै आउँदो वर्षदेखि मास्टर्स प्रोग्राम सीएम वि सुरुवात गर्ने योजनामा अगाडि बढिरहेका छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री