शनिबार, १५ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांस २० प्रतिशत वोनस र २१ प्रतिशत नगद घोषणा गर्यो

समयपोष्ट २०७३ भदौ ६ गते ७:१७


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको दुई अर्ब ५५ करोड रुपैयाँ नाफाबाट वोनस सेयरसहित नगद लाभांस घोषणा गरेको छ । बैंकले  ४१ प्रतिशत लाभांसमा २१ प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको हो ।
कम्पनीको हाल सात अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । २० प्रतिशत वोनस सेयरपछि पुँजी आठ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि आठ अर्ब पुर्याउने इन्भेष्टमेन्ट पहिलो बाणिज्य बैंक हो । उसले २०७४ असार मसान्तअघि नै पुँजी आठ अर्ब पुर्याएको हो ।

Advertisement

बैंकसँग सर्वसाधारणको एक खर्ब ८ करोड निक्षेप छ । बैंकले ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री