बुधबार, १२ वैशाख २०८१

फुड पोइजनिंगबाट यसरी बच्नुहोस्

समयपोष्ट २०७३ भदौ ६ गते ६:०७

फलफुललाई खानु अघि सफा पानीले राम्रोसंग धुने र साग शब्जिलाई राम्रोसंग पकाएर खानाले फुड पोइजनिंग गर्ने ब्याक्टेरियाबाट केही हदसम्म बच्न सकिन्छ । खानेकुरा जसमा ब्याक्टेरिया र विशाक्त तत्वहरु रहेको हुन्छ त्यसले मानिसलाई खानाबाट हुने विमारी र फुड पोइजनिंग गराउदछ । खानाबाट हुने विमारीको अर्को कारक तत्व  भाइसरस र परजिवीहरु हो । काँचो मासु, अण्डा जस्ता खानेकुराहरुले परजिवीबाट हुनसक्ने विमारी निम्त्याउने गर्दछ । तर आजकाल मुख्य गरेर फलफुल र साग शब्जिनै बढी रोग निम्त्याउने कारकको रुपमा देखिन थालेको छ । फलफुल र तरकारीमा प्रयोग हुने विषादी यसको प्रमुख कारण हो ।

Advertisement

फुड पोइजनिंग हुदा पेट दुख्ने,पखाला लाग्ने,टाउको दुख्ने,रिंगटा लाग्ने ,वाक वाक लाग्ने आदि जस्ता लक्षणहरु देखिन्छन् । यस्तो लक्षण दुषित खाना खाएको केही घण्टााबाटै देखिन्छ र यो केही दिनसम्म चल्नसक्छ । चिकित्सकहरुका अनुसार यो सल्मोनेला ब्याक्टेरीयाबाट हुने हुदा बाह्र घण्टा देखि तिन दिनसम्म यो निरन्तर चल्नसक्छ । 
घरमा फुड पोइजनिंगबाट बच्ने उपायहरु
१.भाडाकुडा सफासंग धुने,फलफुल राम्रोसंग धोएर मात्र खाने ,सागशब्जि मजाले पाक्नेगरी पकाउने ,खाना खानुभन्दा अघि र पछि ,खाना पकाउनु अघि र पछि सफासंग हात धुने ।
२.पकाएको र नपकाएको खानालाई छुट्टाछुट्टै राख्ने
३.खाना पकाउदा सुरक्षि तापमानमा पकाउने
४.विग्रिनसक्ने खानेकुराहरु किनेको दुईघण्टा भित्रनै फ्रिजमा राख्ने 
५.खानेकुरा विग्रिएको छ भन्ने शंका लागे त्यसलाई प्रयोग नगर्ने
६.सडकमा खुल्ला रुपमा बेच्न राखेको फलफुल खानेकुरा नखाने
७.पानी उमालेर मात्र पिउने 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री