शुक्रबार, ७ वैशाख २०८१

भदौ १४ देखि नाडा अटो शो, शोमा ३६ ब्राण्डका सवारी साधन राखिने

समयपोष्ट २०७३ भदौ ६ गते २:१७

काठमाडौं – नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यहि भदौ १४ गतेदेखि काठमाडौमा नाडा अटो शो गर्ने भएको छ ।

Advertisement

नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १४ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा ३६ वटा ब्राण्डका सवारी साधन राखिने छन् ।

नाडाका अटो शो संयोजक शम्भुप्रसाद दाहालले फोर्ड, होन्डा, हुन्डाई, महिन्द्रा, निसान, टोयोटा लगायतका १६ वटा ब्राण्डका चार पाङ्ग्रे, बजाज, बेला, हिरो, होन्डा, टिभीएस् लगायतका १५ वटा ब्राण्डका दुई पाङ्ग्रे र अशोक लेल्याण्ड, एस्कर्टस्, महिन्द्रा लगायतका ५ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने जानकारी दिए ।

उनका अनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टस्का पनि स्टल राखिने छन् ।
नाडाले दशैं आउनु एक महिना अगाडि गर्न लागिएको अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिद्कर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने बताएको छ । ७४ वटा संस्थाका १ सय २५ वटा स्टल रहने प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री