शुक्रबार, १४ वैशाख २०८१

अर्बपति बने १८ बैंक, नाफा २९ प्रतिशतले बढ्यो

समयपोष्ट २०७३ भदौ १ गते ६:०६


काठमाडौं । भूकम्प र तराई आन्दोलनका बाबजुद वाणिज्य बैंकहरुको नाफा उल्लेख्य बढेको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । गत वर्षमात्रै १० वटा बैंक अर्बपतिको क्लबमा उक्लिएका छन् ।
मुलुकको कुल ग्राहस्थ उत्पादन जम्मा पाँच अर्ब रुपैयाँले अर्थात् ०.७७ प्रतिशतले मात्रै बढेको अवस्थामा बैंकहरुको नाफा भने २९ प्रतिशतले बढेको छ । कुनै एउटा यस्तो बैंक छैन, जसको नाफा घटेको होस् ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ०७३ असार मसान्तममा वाणिज्य बैंकहरुले ३६ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफाको वृद्धिदर मुलुकको सामान्य अवस्थामा भएको नाफाभन्दा बढी हो ।
गत वर्षको गोरखा भूकम्प ,मधेस आन्दोलन जस्ता विभिद कारणले देशको अर्थतन्त्र डामाडोल भएको थियो । तर, बैंकिङ क्षेत्रमा त्यसको  कुनै असर देखिएन ।
एक वर्षको अवधिमा बैंकहरुको कूल निक्षेप २१ प्रतिशतले बढेर १७ खर्ब ६४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कूल कर्जा २६ प्रतिशतले बढेर १३ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री