बुधबार, २९ असोज २०८२

सीएसआर मार्गदर्शन संशोधन : बैंकहरुलाई जेनजी आन्दोलनका घाइतेलाई सहयोग गर्न बाटो खुल्यो

समयपोष्ट २०८२ असोज २९ गते ११:५१

Advertisement

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी मार्गदर्शन, २०८१ को संशोधनले जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई ठूलो राहत प्रदान गर्ने भएको छ।

यो नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो सीएसआर कोष प्रयोग गरी जेनजी आन्दोलनमा प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न बाटो खोलेको छ।

संशोधित मार्गदर्शनअनुसार, बैंकहरूले आफ्नो सीएसआर कोषबाट जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब र विपन्न वर्गका नागरिकको औषधि उपचारका लागि खर्च गर्न सक्नेछन्। यो रकम सम्बन्धित अस्पताललाई दोहोरो नपर्ने गरी उपलब्ध गराइनेछ।

जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका परिवार, जसको प्रत्यक्ष रोजगारीको स्रोत छैन, तिनको आय आर्जन क्षमता वृद्धिका लागि पनि सीएसआर कोष प्रयोग गर्न सकिने भएको छ।

Advertisement

नेपाल सरकार वा सरकारबाट स्वीकृत सीपमूलक तालिम प्रदान गर्ने संस्थामार्फत यस्ता परिवारलाई तालिम प्रदान गरिनेछ। यस्तो तालिमको खर्चलाई पनि बैंकहरूले आफ्नो सीएसआर खर्चको रूपमा गणना गर्न पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री