शुक्रबार, १६ चैत २०८०

टाटा कार मेलामा ९२ गाडी बुकिङ

समयपोष्ट २०७३ साउन ३२ गते ८:०७

सिप्रदी ट्रेडिङले गरेको टाटा मोटर्स कार मेलामा २६ सय भन्दा बढी दर्शकले अवलोकन गरे भने ९२ जनाले गाडी खरीदको लागि बुकिङ गरे ।

Advertisement

मेला चार दिनसम्म चलेका मेलामा सहभागी भएका मध्ये ३ सय ८० जनाले टेस्ट ड्राइभ पनि गरे । मेलामा चर्चित गायिका इन्दिरा जोशीले दर्शकलाई गीतमार्फत मनोरञ्जन दिलाएकी थिईन् ।

मेलाका अन्य आकर्षणहरुमा पेन्ट बल, फुड स्टल, बी–बोईङ्ग, नेल आर्ट, फेस पेन्टिङ्ग, गेम स्टल र पुरस्कार वितरणलगायतका कार्यक्रमहरु रहेका थिए ।आयोजकका अनुसार मेला अवधिभर टाटा फेसबुक फोटो कन्टेस्टको संचालन गरिएको थियो  । यो अन्तर्गत १ जना भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए ।

गाडी बुकिङ्ग गर्ने महानुभावहरुमध्ये भाग्यशाली विजेताको रुपमा जय नारायण चौधरीले लिभिङ्ग एडभेन्चरले प्रायोजन गरेको फ्रि थाइल्याण्ड ट्रिप प्राप्त गरेका थिए । अन द स्पट गाडी एक्सचेन्ज अफर अन्तर्गत रमेश प्रसाईंले एक सेट मिसिलिन टायर प्राप्त गरेका  थिए । कम्पनीका अनुसार  प्रेमबहादुर बरालले बुकिङ्गमा इन्र्भटर, दमनदेवी लुईंटेल र शक्ति नाथ कर्माचार्यले लक्की बुकिङ्गमा गाडीको पूर्ण बीमाको सुविधा प्राप्त गरेका थिए ।

 मेलामा किरण चौधरी, खेमानन्द बस्याँल, हिमर्दी फुड प्रालि, शुशान्त अधिकारी र रेख बहादुर थापाले गाडीको तेस्रो पार्टी बीमा सुविधा प्राप्त गरेका थिए ।  हरेक टेस्ट ड्राइभका सहभागीहरुले २–२ वटा र टाटाको कुनैपनि गाडीको स्केच कोरेका हरेक सहभागीहरुले १–१ वटा फ्रि मुभी टिकट प्राप्त गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री