बिहीबार, १३ वैशाख २०८१

अत्याधुनिक सेवा सहितको ‘माया मेट्रो’ अस्पताल आजदेखि सञ्चालनमा

समयपोष्ट २०७५ भदौ १५ गते १०:२१

धनगढीमा रु १० करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको ‘माया मेट्रो’ अस्पताल आजदेखि सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ श्ययाको उक्त अस्पताल निजी क्षेत्रबाट सञ्चालनमा आएको हो ।

Advertisement

अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा, आइसियु÷एनआइसियु÷पिआइसियु सेवा, वातानूकुलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवासुविधा रहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री