बिहीबार, १५ चैत २०८०

हाम्रो विकास बैंकले प्रस्ताव गर्यो १०.३१ प्रतिशत लाभांश

समयपोष्ट २०७५ भदौ १५ गते ६:४१

हाम्रो विकास बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले नगद र बोनस गरी कुल १०.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

गतबर्ष बैंकले ५ करोड ४५ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९ पैसा कायम गरेको थियो ।

हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनसपछि बैंकको चुक्त्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री