मंगलबार, ४ वैशाख २०८१

जुगेडी पुलबाट कार खस्यो

समयपोष्ट २०७५ भदौ १५ गते ४:४३

काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफँै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

Advertisement

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते हुनुभएको छ । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री