शुक्रबार, १६ चैत २०८०

चिकित्सा शिक्षा विधेयकमाथि छलफल

समयपोष्ट २०७५ भदौ १३ गते १०:०२

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ ।

Advertisement

समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले समितिमा छलफलका क्रममा रहेका सम्बन्धित विधेयकलाई उपसमिति बनाएर छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।

समितिले आज उक्त विधेयकका सम्बन्धमा छलफल गर्न प्रा डा गोविन्द केसीलाई बोलाएको थियो । प्रा डा केसीले विधेयकका सम्बन्धमा बैठकमा आफ्नो लिखित मन्तव्य राखे पनि छलफलमा भने भाग लिनुभएन । बैठकमा उहाँले आफ्नो १५ औँ अनशनपछि गत साउन १० गते सरकारसँग छलफल गरी विधेयकमा परिमार्जन गर्नुपर्ने बुँदा सम्झौताका रुपमा आइसकेकाले सोही विषयमाथिको छलफलमा भाग लिन आवश्यक नभएको बताउनुभयो ।

प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउँसम्म निःशुल्क, सस्तो र सुलभ सेवा पु¥याउने तथा विपन्न वर्गलगायत सबै विद्यार्थीको गुणस्तरीय निशुल्क, सस्तो सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

समितिका सभापतिको निर्वाचन नभइसकेकाले बैठक समितिका ज्येष्ठ सदस्य मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो । समितिले भोलि नेपाल मेडिकल एशोसिएशनसँग अध्यादेशका सम्बन्धमा छलफल गर्ने जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री