शुक्रबार, ७ वैशाख २०८१

छात्रालाई राति एक्लै बोलाएर गोप्य अङ्गहरु चलाईदिँदै बलात्कार प्रयास गरेको आरोपमा प्रिन्सीपल पक्राउ

समयपोष्ट २०७५ भदौ १३ गते ९:३०

छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

Advertisement

स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएका छन् ।

ती छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । स्थानीयको प्रदर्शनका कारण विहानैदेखि विद्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।

आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री