शुक्रबार, १४ वैशाख २०८१

प्रदेशस्तरमा अब ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

समयपोष्ट २०७५ भदौ १२ गते १०:३२

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ ।

Advertisement

मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ । यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय रहेको थियो । अर्यालले प्रदेशस्तरमा शिक्षासम्बन्धी हुने सम्पूर्ण काम कारवाही गर्न निर्देशनालय स्थापना गर्न लागिएको हो भन्नुभयो ।

निर्देशनालयले प्रदेश सरकारसँग समन्वय गरी काम गर्नेछ । उहाँका अनुसार प्रदेश सरकारले नै उक्त निर्देशनालय कहाँ रहने भन्ने टुङ्गो लगाउने छन् । उक्त निर्देशनालयमा उपसचिवको नेतृत्वमा चार शाखासमेत स्थापना गरिने छ । मन्त्रालय कर्मचारी महाशाखाका प्रमुख बाबुराम पन्थीले प्रत्येक निर्देशनालयमा ३५ कर्मचारी रहने छन् । उहाँका अनुसार एक सहसचिव, चार उपसचिव, आठ शाखा अधिकृत र अन्य कर्मचारी रहने छन् । उहाँले एक हप्ताभित्र नै कार्यालय स्थापना गरी कर्मचारीको खटाउने तयारी भइरहेको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री