शनिबार, २१ असार २०८२

नन्दन तालको अस्तित्व सङ्कटमा

समयपोष्ट २०७५ भदौ १२ गते ७:१२

– पुरुषोत्तम सुवेदी

Advertisement

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको प्राकृतिक नन्दन ताल क्षेत्र संरक्षणका लागि गुरुयोजना नबनेका कारण तालको अस्तित्व नै खतरामा परेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेका सनइ र हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अहिले पर्याप्त संरक्षण नहँुदा र अतिक्रमणको चपेटाका कारण सामान्य पोखरीको रूपमा परिणत भएको हो ।

करीब १४० बिगाहामा फैलिएको तालको जग्गामा अहिले स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आइरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि वर्षेनी सरकारी निकायबाट रकम विनियोजन हुने भए पनि स्वयम् अतिक्रमण गर्नेकै अवरोधको कारण रकम खर्च हुन सकेन ।

वर्षेनी अतिक्रमणको चपेटमा पर्नु र संरक्षणका लागि गुरुयोजना नबन्दा तालको अस्तित्व नै खतरामा परेको स्थानीय राजेन्द्रकुमार सहनीले जानकारी दिनुभयो । नाममा मात्र ताल सीमित र फिल्डमा सामान्य पोखरीमा रहेको ताल क्षेत्रको अधिकांश जग्गा अतिक्रमणको चपेटामा परेको अवस्था देखिन्छ ।

नक्सामा तालको जग्गा भए पनि अधिकांश तालमा पानी छैन भने ताल क्षेत्रसमेत अतिक्रमण भएर व्यापक मात्रामा खोतीबाली गर्ने गरेको पाइन्छ । ताल क्षेत्रको जग्गामध्ये केही जग्गालाई राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा दर्तासमेत गरेका छन् ।

Advertisement

“ताल अहिले अतिक्रमणमा परेर सबै खेतमा परिणत भएको छ, ताल सुकेर पोखरी बनेको छ” स्थानीयले अतिक्रमण गरेर वर्षांैदेखि खेतीपाती गर्दै आएका भए पनि सरकारी निकायको उदासिनताका कारण अतिक्रमण रोकिएको छैन ।

तालको संरक्षण र विकासका लागि तालको नापनक्सा समेत भएको छैन । धमाधम ताल पुर्दै खेती हुँदै आएको छ । अब गाउँपालिकाले गुरुयोजना बनाएर तालको संरक्षण गर्ने लक्ष्य लिएको पाल्हीनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

राजनीतिक दलको दबाब र अतिक्रमण गर्ने स्थानीय कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध भएकाले यसलाई राजनीतिक मुद्दाको रूपमा सरकारी निकायले लिएको कारण स्थानीय तहले समेत तालको अतिक्रमण रोक्न सकेको छैन । जिल्लामा रहेका सरकारी निकायलाई ताल अतिक्रमणबारे जानकारी हुँदा समेत आवश्यक कदम चाल्न नसक्दा अतिक्रमणकारीको मनोबल बढेको छ ।

लामो समयदेखि अतिक्रमणमा परेको भए पनि राजनीतिक स्थायित्व नहँुदा अतिक्रमण रोक्न सकिएको छैन । अतिक्रमण नियन्त्रण गरी तालको संरक्षण गर्न कार्ययोजना बनाएर सुन्दर पार्क बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

ताल अतिक्रमण हँुदै जाँदा जलचर र जल बनस्पतीसमेत लोप हुँदै गएका छन् । नन्दन ताल अतिक्रमणको चपेटामा परेका कारण अतिक्रमण रोकेर ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसके यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिने निश्चित छ ।

नन्दन तालजस्तै पश्चिम नवलपरासीमा रहेका ऐतिहासिक तालतलैयाहरु धमाधम अतिक्रमण भइरहेका छ । खेतीपाती वा बस्ती बसाउने नाममा सार्वजनिक तालतलैया पुरेर संरचना निर्माण गरिँदा समेत प्रशासन र स्थानीय तह मौन बसेपछि अतिक्रमण झन् बढ्दो छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री