शुक्रबार, १४ वैशाख २०८१

मन्त्री यादव बिहान पाँच बज्नुअघि नै पुगे बल्खु

समयपोष्ट २०७५ भदौ ११ गते ६:१०

बाणिज्य तथा आपूर्तिमन्त्री माृतका यादवले बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् । मन्त्री यादव सोमबार बिहान पाँच बज्नुअघि नै उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसहित बल्खु बजार पुगेका थिए ।

Advertisement

अनुगमनका क्रममा तरकारीको खरिब मूल्य स्पष्ट भएको बिल देखाउन नसक्दा तरकारी लोड गरिएको एउटा ट्रकलाई नियन्त्रणमा लिइएको छ । मन्त्री यादवले कालिमाटी बजारको अनुगमन गरी गल्ती गर्नेलाई कारबाही गरेपछि उपत्यकामा तरकारीको मूल्य २० देखि ३० प्रतिशतसम्मले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री