शुक्रबार, १६ चैत २०८०

शहीद खुनाको दाहसंस्कार

समयपोष्ट २०७५ भदौ १० गते ७:३४

शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।

Advertisement

दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उहाँको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने घोषणा गरेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो । नगर प्रमुख विष्टले थप सहयोगका लागि पहल गर्ने बताउनुभयो । उहाँले खुना परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री