बिहीबार, २६ असार २०८२

टाटाको “आफ्नो गाडी आफै सवारी” अभियान: गाडी खरीदमा मुक्तिनाथले दिने भयो ७० प्रतिशतसम्म कर्जा

समयपोष्ट २०७५ भदौ ७ गते ७:०७

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि र मुक्तिनाथ बिकास बैंक लि. बीच सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

Advertisement

“आफ्नो गाडी आफै सवारी” नामक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिदमा ग्राहकले मुक्तिनाथ बिकास बैंकबाट १०.५ % ब्याजदरमा गाडीको मुल्यको ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

साथै ग्राहकलाई नि:शुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा समेत प्रदान गरिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सो अभियानले स्वदेशमा रोजगारी सृजना गरी बैदेशिक रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यतालाई कम गर्ने कम्पनीको बिश्वास छ । सिप्रदीले यस अभियानमा पत्रकार रबि लामिछानेलाई २ बर्षको लागि अनुबन्दित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री