सोमबार, ३० असार २०८२

काठमाडौंभित्र जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख

समयपोष्ट २०८२ असार ३० गते १५:१७


काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐनअनुसार दरबार मार्ग क्षेत्रको जग्गा सबैभन्दा महँगो मूल्याङ्कन गरिएको छ। महानगरपालिकाले सम्पत्ति कर मूल्याङ्कनका लागि तोकेको मूल्यअनुसार दरबार मार्ग र यसका वरपरका क्षेत्रका जग्गाहरूको सरकारी मूल्य प्रति आना ५० लाख रुपैयाँ निर्धारण गरिएको छ।

Advertisement

काठमाडौँ महानगरपालिका सम्पत्ति कर मूल्याङ्कन गर्न जग्गाको प्रतिआना मूल्य तोकेको हो ।

दरबारमार्गको दायाँ बायाँका जग्गाहरू,माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरूको मूल्य प्रति आना ५० लाख रुपैयाँ निर्धारण गरिएको छ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू, केशर महल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको सरकारी मूल्य पनि ५० लाख प्रतिआना रहेको छ ।

रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको पनि सोही मूल्याङ्कन रहेको छ ।

Advertisement

हनुमान ढोका पूर्व नयाँ सडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख प्रति आना सरकारी मूल्याङ्कन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री