मंगलबार, ४ कार्तिक २०८२

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न

समयपोष्ट २०८२ भदौ १५ गते १७:४२

Advertisement

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भव्य कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ।

कम्पनीले करिब ७० लाख बीमितहरू, नियमनकारी निकायहरू, रिलायबल एडभाइजरहरू, शेयरधनीहरू, कर्मचारीहरू, पत्रकारहरू र समस्त सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। हालसम्मको उपलब्धिले थप कार्य गर्न ऊर्जा प्राप्त भएको र भविष्यमा ठूलो जिम्मेवारी वहन गर्न प्रेरणा मिल्ने अपेक्षा कम्पनीले गरेको छ। साथै, ग्राहकमैत्री सेवा र उत्कृष्ट कारोबारमा जोड दिंदै उच्च प्राथमिकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गर्दै चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। कुल लगानी २० अर्बको हाराहारीमा रहेको र गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी प्रदान गरेको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रीय कार्यालयसम्म बीमा जागरणसहितको प्रभातफेरी आयोजना गरियो। कर्मचारी र एडभाइजरहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम उत्साहजनक रहेको कम्पनीले जनाएको छ। देशभरका शाखाहरूमा विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरिए। महेन्द्रनगर, धनकुटा, लहान, भैरहवामा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैयामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाममा विद्यालयहरूलाई शैक्षिक सामग्री र वृद्धाश्रममा खाद्य सामग्री वितरण तथा सरसफाई गरियो।

Advertisement

कम्पनीले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिंदै बीमा क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री