नेपाल एसबीआई बैंकद्धारा विभिन्न संस्थाहरूसँग छुट सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्न रमदा एनकोर काठमाडौं र होलिडे इन रिसोर्ट काठमाडौंसँग समझदारी पत्र (एमओयू) सम्पन्न गरेको छ। यी सम्झौताअनुसार, ग्राहकहरूले रमदा एनकोर काठमाडौंमा खाना र पेय पदार्थ तथा आवासमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, होलिडे इन रिसोर्ट काठमाडौंमा पनि खाना र पेय पदार्थमा १५% सम्म छुट उपलब्ध हुनेछ।
यसैगरी, बैंकले हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग पनि एमओयू गरेको छ, जसअनुसार ग्राहकहरूले मुख र दाँत सम्बन्धी उपचारमा २०% सम्म छुट पाउनेछन्।
यी छुटहरू एनएसबीएलको डेबिट कार्ड वा मोबाइल बैंकिङ एप्लिकेसन (योनो) को प्रयोगबाट प्राप्त गर्न सकिनेछ।
सम्झौताहरूमा हस्ताक्षर तथा आदानप्रदान एनएसबीएलका उप-प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र रमदा एनकोर काठमाडौंकी बिक्री निर्देशक सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौंका बिक्री निर्देशक बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टाबीच भएको थियो। कार्यक्रममा एनएसबीएलका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख व्यवसाय विकास अधिकृत प्रवीण मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।
नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। हाल बैंकले १०१ शाखा, २२ विस्तार काउन्टर, ७ प्रादेशिक कार्यालय, २० शाखारहित बैंकिङ, १२५ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालन गरिरहेको छ।
 



























 
	
प्रतिक्रिया