भारतको सहयोगमा पुवाखोलामा बेलिब्रिज जडान
इलाम जिल्लास्थित केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ ।
पुलको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा आज उद्घाटन गर्नुभयो ।
यो पुल सन् २०२४ सेप्टेम्बरमा आएको बाढीले क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माण र नेपालको सम्पर्क सञ्जाललाई सुदृढ गर्न भारत सरकारले प्रदान गरेको १० वटा प्रिफ्याब्रिकेटेड स्टिल पुलहरूमध्ये एक हो।
भारतले बाढीपछिको पुनर्निर्माणका लागि अनुदानस्वरूप प्रदान गरेका यी १० पुलहरूमध्ये पुवा खोलाको यो पुलसहित तीनवटा अन्य पुलहरू नेपालका विभिन्न क्षेत्रमा जडान भइसकेका छन्। यी पुलहरूले स्थानीय समुदायको आवागमनलाई सहज बनाउन र क्षेत्रीय सम्पर्क सञ्जाललाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
यो सहकार्यले नेपाल र भारतबीचको दृढ मैत्री सम्बन्ध र आपसी सहयोगको भावनालाई उजागर गरेको छ। यस्ता पूर्वाधार परियोजनाहरूले नेपालको दिगो विकास र आपतकालीन अवस्थामा तत्काल राहत प्रदान गर्न भारतको प्रतिबद्धतालाई झल्काउँछ।
प्रतिक्रिया