शनिबार, १७ साउन २०८२

मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह

समयपोष्ट २०८२ साउन १६ गते १२:१९

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्गप्रशस्त गर्न अनुरोध गरेका हुन्।

“उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नुभएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,” बानियाँले भने। उनले आफू र मुख्यमन्त्री लामाबीच कुनै मनमुटाव नरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री