बुधबार, १४ साउन २०८२

स्थानीय तह मातहतका निकायको खाता सञ्चालनमा राष्ट्र बैंकको नयाँ व्यवस्था

समयपोष्ट २०८२ साउन १२ गते १४:४६

नेपाल राष्ट्र बैंकले स्थानीय तहको खाता सञ्चालनका लागि नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकको बैंकिङ विभागले जारी गरेको सूचनाअनुसार, स्थानीय तहको खाता सञ्चालन गर्न अनुमति प्राप्त गरिसकेका वाणिज्य बैंकहरूले त्यस मातहतका समिति, बोर्ड, कोषलगायत निकायको खाता सञ्चालन गर्न पुनः स्वीकृति लिनु नपर्ने भएको छ।

राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६ (दोस्रो संशोधन, २०८१)’ को आधारमा यो व्यवस्था लागू गरेको हो। सूचनामा भनिएको छ, “स्थानीय तहको ‘ग’ समूहको खाता सञ्चालन गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरूले ‘ग–५.२ स्थानीय तह, समिति, बोर्ड, कोष’ समूहको खाता सञ्चालन गर्न थप स्वीकृति आवश्यक पर्नेछैन।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री