३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब को शेयर किनबेच
नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ।
बुधबार सेन्सेटिभ इण्डेक्स ८.३४ अंक बढेकोछ। फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ।
आज ३३२ स्टकको २ लाख ४४ हजार पटकको कारोबारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको ५ करोड १२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य यस दिन बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आज ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इंग्वा हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। शिवम् सिमेन्ट्सको ८४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको साढे ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन दोस्रो बजारका लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुतर्फ आकर्षित भएको देखिन्छ।
प्रतिक्रिया