एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशन गर्न लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
समयपोष्ट
२०८० भदौ ११ गते १२:४३
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।
आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
एनएलजी इन्स्योरेन्सले हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारको ६६ प्रतिशत अर्थात् ले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया