शुक्रबार, २ साउन २०८२

कामना सेवा विकास बैंकको खुद नाफा ४३ करोड ११ लाख

समयपोष्ट २०८० साउन १८ गते १२:३९

कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.९३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष ५९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड पुगेको छ । बैंकको संचालन मुनाफा भने २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख कायम भएको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ७६.१० प्रतिशतले बढेर ५० करोड पुगेको छ । यसले गर्दा खुद ब्याज आम्दानी बढे पनि बैंकको नाफा घटेको छ । कम्पनीको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ ।

खुद नाफा घटेसंगै बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख मात्र रहेको छ । यस अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ३.६६ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा, र पीइ रेसियो २४.८८ गुणा रहेको छ ।

३ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ४६ करोड र संचितिमा ५ करोड ८० लाख रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री