सोमबार, ३० असार २०८२

नेपाल एसबीआई बैंकको दुई अर्बको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

समयपोष्ट २०८० साउन १८ गते ८:२१

Advertisement

नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिहीबारदेखि खुला गर्ने भएको छ।

बैंकले जारी गर्ने २० लाख कित्ता ऋणपत्रको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ छ। बिक्री गरिने ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

यस्तै ४० प्रतिशतले हुन आउने ८० करोड रकम बराबरको ८ लाख कित्ता (५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको सहित) मा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

बैंकले ऋणपत्र साउन १८ गतेबाट छिटोमा २२ गतेसम्म निष्कासन गर्ने छ। उक्त मितिसम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे आवेदन मिति साउन ३२ गतेसम्म थप गरिने छ।

Advertisement

ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याजदर दिने छ। परिपक्व हुने अवधि १० वर्ष छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री