शुक्रबार, ७ वैशाख २०८१

युनिक फाइनान्स एक्वायर गर्दै सिभिल बैंक, आइएलएफसिको मर्ज प्रक्रिया पनि अन्तिम चरणमा

समयपोष्ट २०७३ साउन २४ गते ७:१७

काठमाडौं । इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीसँग मर्ज प्रक्रियामा रहेको सिभिल बैंकले युनिक फाइनान्स लिमिटेड खरिद गर्ने भएको छ । फाइनान्स खरिद गर्ने समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा बिनोदबहादुर खत्रीले हस्ताक्षर गरे ।

Advertisement

एक्विजीशनपछि पनि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बैंकको जारी प्रेस विज्ञप्तिमा छ । बैंकले २३ करोड रुपैयाँ चुक्ता पुँजी भएको युनिक फाइनान्स खरिद गर्न लागेको हो ।

सिभिल बैंकसँग दुई अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जरपछि सिभिल बैंकको पुँजी पाँच अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । यो मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजना लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।

उनले २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन बैंकले बोनस तथा हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले जानकारी दिए ।

टि ट्वान्टीफोर अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरिरहेको बैंकले आगामी दिनमा नयाँ तथा ग्राहकमुखी थप सेवा विस्तार गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री