आइतबार, २३ वैशाख २०८१

अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

समयपोष्ट २०७९ भदौ ६ गते १९:२३

Advertisement

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखा मार्फत लघुवित्त सेवा पदान गर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारण लाई शेयर जारी गरे पश्चात चुक्ता पूँजी रु २५ करोड पु¥याएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री