माओवादीमा पद भागबन्डा : महासचिवमा गुरुङ, तीन उपमहासचिव, पाँच उपाध्यक्ष

नेकपा माओवादी केन्द्रले महासचिव पद नेता देव गुरुङलाई दिने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव गर्दा विभिन्न विकल्पहरुमध्ये नेता गुरुङलाई महासचिव पदमा प्रस्ताव गर्न लागेका हुन ।

Advertisement

महासचिवका दाबेदार जनार्दन शर्मा, वर्षमान पुन र गिरिराजमणि पोखरेललाई उपमहासचिवमा व्यवस्थापन गर्नेगरी प्रस्ताव आउन सक्ने माओवादीका एक नेताले जानकारी दिए ।

यस्तैै पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिईने भएको छ । दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री