मंगलबार, ८ जेठ २०८१

आज साँझबाट सिडीएसको सम्पूर्ण सेवा अवरुद्द हुँने

समयपोष्ट २०७९ भदौ २ गते ११:५९

Advertisement

राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरवारमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले आज साँझबाट सिडीएस एण्ड क्लियारिङ (सिडीएससी) को सम्पूर्ण सेवाहरु अवरुद्द हुने भएको छ ।

जसले गर्दा सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, वेब सि डि ए एस, सि एन एस लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने छ।

सिडीएससीका अनुसार आज भदौ २ साँझ ५.३० देखि अधिकतम एक दिनसम्म सेवाहरू अवरुद्ध हुने छ।

उक्त समयमा लगानीकर्ताले आईपिओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर गर्न, पोर्टफोलियो हेर्न तथा सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा,वेब सि डि ए एस, सि एन एस लगायतका सेवा प्रयोग गर्न पाउने छैनन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री