बिहीबार, १ साउन २०८२

नाडा ‘इभि एक्सपो २०२२’को स्टल बुकिंग खुल्ला

समयपोष्ट २०७९ भदौ १ गते २०:४१

Advertisement

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ‘इभि एक्सपो २०२२’को स्टल बुकिंग खुल्ला गरेको छ ।

नाडाले बुधबार एक विज्ञप्ती जारी गर्दै असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘इभि एक्सपो २०२२’को स्टल बुकिंग खुल्ला गरेको जानकारी दिएको हो ।

‘इभि एक्सपो’का लागि आजबाट भाद्र ५ गतेसम्मका लागि स्टल बुकिङ्क खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे आवश्यक सहयोगको लागि आग्रह गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री