मंगलबार, ८ जेठ २०८१

नेप्सेमा तीन कम्पनीको शेयर कारोबार सुरु

समयपोष्ट २०७९ भदौ १ गते ११:३३

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर कारोवार एक साथ सुरु भएको छ ।

बुधबारबाट अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत गंगा हाइड्रो र मन्दाकिनी हाइड्रोको शेयर कारोबार सुरु भएको हो ।

आज बुधबारको कारोबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएकोले अब नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको पहिलो कारोबार ३२४.६ रुपैयाँ, श्वेत गंगा हाइड्रो पहिलो कारोबार २६९ रुपैयाँ र मन्दाकिनी हाइड्रोको पहिलो शेयर कारोबार २३७.३ रुपैयाँमा भएको छ ।

नेप्सेले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको पहिलो कारोबारको लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको रेन्ज, श्वेत गंगाको पहिलो कारोबारको लागि ८९.८८ देखि २६९.६४ रुपैयाँसम्म रेन्ज र मन्दाकिनी हाइड्रोको पहिलो कारोबारको लागि १०२ रुपैयाँ देखि ३०६ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

Advertisement

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सिम्बलबाट, श्वेत गंगाको SGHC र मन्दाकिनी हाइड्रोको MHL सिम्बलबाट कारोबार सुरु भएको छ ।

मंगलबार अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १ करोड ३५ कित्ता शेयर, श्वेत गंगाको १ करोड ५९ लाख ३० हजार र मन्दाकिनी हाइड्रोको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता शेयर सुचिकृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री