सोमबार, २४ वैशाख २०८१

सनराइज बैंकद्धारा लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

समयपोष्ट २०७९ साउन ३१ गते १९:०३

Advertisement

सनराइज बैंकले बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाईआर ओ फिल्टर प्लाण्ट जडान गरिदिएको छ ।

बैंकले तीन सय बिद्यार्थीहरुका लागि प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर प्लाण्ट जडान गरिदिएको हो ।

बिहीबार एक कार्यक्रमकाबिच उक्त वाटर फिल्टर बैंकले बिद्यालयलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिती रहेको थियो ।

उक्त सामाजिक कार्यले विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पु¥याउने विद्यालयकी प्र.अ. शान्ती शर्माले बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री