दाजुभाइ मिलेर बहिनीको प्रेमिको हत्या

पर्साको वीरगञ्जमा बहिनीको प्रेमिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले हत्या आरोपमा बाराको विश्रामपुर घर भएका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको छ ।

साउन २४ गतेदेखि हराइरहेका बाराको विश्रामपुर-५ का २३ वर्षीय राजकुमार ठाकुरको शव शुक्रबार भेटिएको थियो । ट्युसन पढ्न साइकलमा गएका ठाकुर हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पटेल दाजुभाइको बयानको आधारमा ठाकुरको शव रक्सौलबाट मुज्जफपुर चल्ने ट्रेनको शौचालय छेउमा भेटिएको हो । पर्सा प्रहरीका अनुसार शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री