बुधबार, २० मंसिर २०८०

सामूहिक बलात्कार मुद्दामा कांग्रेसका नेता जेल चलान

समयपोष्ट २०७९ साउन २३ गते १४:२२

Advertisement

सामुहिक बलात्कारको मुद्धामा नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डे पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश डण्डपाणी शर्माको एकल इजलाशले पाण्डेलाई पूर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेको हो ।

पाण्डे असार २५ गते काठमाडाैँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका थिए । पाण्डे सोही क्लबका सञ्चालक पनि हुन ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सामुहिक बलात्कारको घटनामा संलग्न चार जनाको विरूद्धमा किटानी जाहेरी परेको छ ।

तीन जना अभियुक्त अहिलेसम्म फरार छन् । प्रहरीका अनुसार सल्यानको बागचाैर नगरपालिका वडा नम्बर २ घर भएका नयन डाँगी, काठमाडाैँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ घर भएका दिनेशकुमार थापा र काठमाडाैँकै टोखा नगरपालिका वडा नम्बर ८ भएका राजु राउत फरार रहेका छन । उनीहरूको विरूद्धमा पनि सामूहिक बलात्कारमा सहभागी भएकोमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री