बिहीबार, १३ वैशाख २०८१

नेपालमा लेक्ट्रो इ साइकल लन्च

समयपोष्ट २०७९ साउन २३ गते ६:५७

Advertisement

नेपालमा फ्युचरि स्टिक लेक्ट्रो ई साइकल लन्च भएको छ। निम्बस इन्टरनेसनल कम्पनी प्रा.लि लेक्ट्रो इ साइकलको आधिकारिक विक्रेताले नेपालमा सबै भन्दा प्रतिक्षितइ साइकल, लेक्ट्रो इ साइकल सार्वजनिक गरेको छ। आइतबार लेक्ट्रो इ साइकल शोरुम, पुल्चोकमा लेक्ट्रो इ साइकलको लन्च गरिएको थियो।

इलेक्ट्रीक साइकलहरुको उत्पादन भने हिरो कम्पनी भारतबाट हुन्छ। लेक्ट्रोको उद्देश्य शहर यात्रु बाइकरहरुको सानो तर बढ्दो समूह हो। जसले आफ्नो सीमालाई धकेल्न प्रयास गर्छन्। आफ्नो बाइकमा नयाँ अनुभवहरु खोजिरहेका व्यक्तिहरुले लेक्ट्रोमा एक स्फूर्तिदायी र पुनरुत्थान इलेक्ट्रीक साइकलमा सवारीको आनन्द लिनेछन्। विद्युतीय उर्जावान इलेक्ट्रीक साइकल हरेक सडकको नयाँ शो र स्टप हुनेछ।

यसको सुपर रुबसट स्टकचरको साथ लेक्ट्रो इ साइकल विश्वासनीयताको कथन हो। यो इलेक्ट्रीक भेक्ल श्रेणीमा एक मात्र हो। जसले यस को वजनको ४ गुणा बोक्न सक्छ, र यसमा लामो समयसम्म चल्ने र टिकाउ कम्पोनेन्टहरु बि.एल,डि,सि मोटर, लि– आयनब्याट्री, र चुस्त फ्रेमहरु छन्।

मेकानिकल र बिजुलीद्धारा संचालित, लेक्ट्रो ई साइकलले तपाईको इच्छित गन्तव्यमा पुग्न सबै चिन्ताहरु ह्टाउँछ। लि आयन ब्याट्रीहरु लेक्ट्रो ई साइकलका प्रमुख पावर हाउस हुन्। लामो आयु सुनिश्चित गर्न बि.आई.एस प्रमाणित छन्। यसको आई पि ६७ रेटिङगले तिनीहरुलाई वाटर रिपलिमेन्ट बनाउँछ र धुलोबाट १०० प्रतिशत सुरक्षा प्रदान गर्दछ। र कुनै पनि मौसिममा आनन्दमय रायिड सुनिश्चित गर्दछ। राईडरको सुविधा अनुसार ब्याट्री हटाउन र भित्र चार्ज गर्न पनि सकिन्छ।

सबै नयाँ लेक्ट्रो २ वर्षको वारेन्टीको साथ आउँदछ। जसमा ब्याट्री र मोटरहरु समावेश छन्। फ्रेमलाइ फटाइम वारेन्टीका साथ तपाईको सवारीको राम्रो अवस्था सुनिश्र्श्चित गरिन्छ। लेक्ट्रीक इ साइकलको मोबाइल एपको साथ राइडरहरुलाई एन्रोइड वा आइवोएसबाट सजिलै नियन्त्रण लिने सुविधा पनि दिएको छ। कारगो साइकल समेत नेपालमा कुल ११ किसिमका साइकलहरु उपलब्ध छन्। यिनको मूल्य रु ७५ हजार ९ सय सम्मरहेको छ। यिनको ब्याट्री रेन्ज भने फुल चार्ज हुँदा २५ कि.मि सम्म रहेको छ। ब्याट्री फुल चार्ज हुने समय अवधि ५ घण्टादेखि ७ घण्टा रहेको छ। नयाँ लेक्ट्रो इ साइकलको प्रामाणिक, कालातीत डिजाइनले सवारी उत्साहीहरुलाई उत्प्रेरित गर्ने वाचा गर्दछ। लेक्ट्रो इ साइकलको विभिन्न मोडल यसको बहुमुखी प्रतिभालाई पूरक बनाउन र आराम, उपयोगिता र शैली बृद्धि गर्न अब नेपालमा उपलब्ध भैसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री