पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस भट्टको इजलासमा
समयपोष्ट
२०८२ असार १९ गते १०:३४
विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा फसिरहेका पत्रकार दिलभूषण पाठकको आज जिल्ला अदालत काठमाडौँमा बयान र थुनछेक बहस हुने भएको छ।
पाठकविरुद्ध साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले सोमबार मुद्दा दायर गरेको थियो। उनी आफैं आज बिहान अदालतमा हाजिर भएका हुन्।
सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पत्रकार पाठकको बयान र थुनछेक बहस जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलास नम्बर ३१ मा हुने छ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ‘इलेक्ट्रोनिक माध्यममार्फत गैरकानुनी विषय प्रकाशन’ गरेको अभियोगमा मुद्दा चलाइएको हो। सो कसुर प्रमाणित भएमा अधिकतम पाँच वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया