लक्ष्मी म्युचुअल फण्डको ‘शुभ लक्ष्मी कोष’ आजबाट बिक्री सुरु

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको ‘शुभ लक्ष्मी कोष’ खुलामुखी योजना आजबाट बिक्री खुल्ला भएको छ।

Advertisement

कम्पनीले प्रति इकाइ १० रुपैयाँ दरका पाँच करोड थान इकाइ बिक्री खुल्ला गर्न लागेको हो। यसको १५ प्रतिशत अर्थात ७५ लाख इकाइ लक्ष्मी बैंकले लिने छ।

बाँकी ४ करोड २५ लाख इकाइमध्ये प्रथम चरणमा एक करोड ७५ लाख इकाइ बिक्री गरिने छ। यसमा कम्तिमा १०० इकाइ र अधिकतम ५० लाख इकाइका लागि आवेदन दिन सकिन्छ।

लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट यसको योजना व्यवस्थापक हुन्।

कम्पनीले निष्कासन गर्न लागेको योजना आवेदन परेमा २३ गतेसम्म खुला हुने छ। पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म खुला गरिने छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री