शुक्रबार, १४ वैशाख २०८१

खोला मिचेर घर बनाउन नगरपालिकाकै स्वीकृति

पत्रपत्रिका २०७९ साउन १८ गते ७:०७

Advertisement

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले वडा नम्बर १० साततलेमा भवन निर्माणका लागि स्थानीय कामना उपाध्यायलाई २०७४ मङ्सिर १ गते इजाजत दियो । २०७७ साउन २४ गते नगरकै प्राविधिकको निरीक्षणमा स्वीकृत नक्साअनुसारै घर निर्माण सम्पन्नको प्रमाणपत्र दिइएको छ ।

काठमाडौँ नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमास्थित चखुँचाखोलाको उत्तरतर्फ निर्माण गरिएको उक्त भवन निर्माण सम्पन्नपछि दिइएको प्रमाणपत्रमा खोलाको भाग छोडेको भन्ने कतै उल्लेख छैन ।

प्रमाणपत्रको बुँदा नं. ६ मा ‘नदी किनारमा भए त्यसका लागि छोड्नुपर्ने दूरी, छोडेको दूरी र नदीको नाम’ उल्लेख गर्नुपर्ने प्रावधान छ । तर चखुँचाखोलालाई ‘सडक’ करार गरी नगरपालिकाले नक्सा स्वीकृति दिएको छ । तर काठमाडौँ महानगरतर्फ चखुँचाखोलाको भागका लागि लगाइएको पर्खाल र खोलाको मापदण्ड पालना गर्दा उपाध्यायको घरको पछाडिको भागले सडकको केही फिट छुन्छ तर निर्माण सम्पन्न कागजातमा सडकबाट छाड्नुपर्ने दूरी पनि खुलाइएको छैन । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री