शुक्रबार, १६ चैत २०८०

नेपाल एसबिआई बैंकद्वारा बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० प्राप्त

समयपोष्ट २०७८ भदौ १५ गते १९:०५

Advertisement

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेष्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ ।

उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।

होटेल र्याडीसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माद्वारा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम लाई प्रदान गरियो ।

नेपाल एसबिआइ बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ८ प्रादेशिक कार्यालय ६ शाखा रहित बैंकिङ सेवा तथा १ कर्पोरेट अफिस गरि १२१ आउटलेटहरुका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री