शनिबार, १५ वैशाख २०८१

‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक, गाडी खरिदमा २ लाख रुपैयाँसम्म छुट

समयपोष्ट २०७८ भदौ ८ गते १४:४५

Advertisement

नेपालमा डाट्सन ​गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर ल्याएको यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्न सक्नेछन् । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्सचेञ्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री