बुधबार, २६ वैशाख २०८१

कृष्ण इन्टरनेशनलले बनेपामा हाउजेको शोरुम विस्तार गर्दै, शुक्रबार उद्घाटन

समयपोष्ट २०७८ साउन २७ गते १३:३२

Advertisement

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ ।

शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गरिने बताईएको छ । बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन् । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् ।
काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री