सोमबार, २४ वैशाख २०८१

बेलायतबाट दौडेर काठमाडौं आउँदै यी ७७ वर्षिया वृद्धा

समयपोष्ट २०७८ साउन २५ गते १२:५७

Advertisement

इङ्ल्यान्डको ब्राइटनदेखि काठमाडौंसम्मको दौड यात्रा सुरु गरेकी बेलायतकी ७७ वर्षिया रोसी स्वालो पोप उत्तरी इङल्यान्ड आइपुगेकी छन् ।

उनले जुन २५ देखि दौड सुरु गरेकी हुन् । रोसी स्वालो पोपले ब्राइटनदेखि काठमाडौंसम्मको ८ हजार ५०० किलोमिटर दूरी तय गर्ने लक्ष्य लिएकी छिन् । तीन पाङ्ग्रे एक कार्टलाई कम्मरमा बाँधेर उनले दौड थालेकी हुन् । सो कार्टमा हिउँका ढिक्काहरु राखिएको छ ।

उनले यसअघि पनि काठमाडौंसम्मको दौड सुरु गरेपछि कोभिड–१९ महामारीले गर्दा टर्कीसम्म आएर रोकिएको थियो । नेदरल्यान्ड, नर्वे, रुस, चीन र तिब्बत हुँदै उनी काठमाडौंसम्म आइपुग्ने छिन् । दुर्गम नेपालका बासिन्दाको जीवनस्तर सुधार्ने च्यारिटी अभियानका लागि रोसीले चुनौतिपूर्ण दौड थालेकी हुन् । यसका लागि ५ हजार पाउन्ड राशी संकलन गर्ने उनको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री