पुर्नकर्जाका लागि आवेदन माग, यस्ता छन् आवेदनको लागि पालना गर्नुपर्ने शर्त

नेपाल राष्ट्र बैंकले पुर्नकर्जाका लागि आजबाट आवेदन माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै पुर्नकर्जाको लागि आवेदन माग गरेको हो ।

Advertisement

पुर्नकर्जा लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसका लागि असोज १४ सम्म आवेदन बुझाई सक्नु पर्ने राष्ट्र बैंकले बताएको छ । सूचना उल्लेख भए अनुसार बैंकहरले नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन, इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय र शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची समेत संलग्न राखी आवेदन दिनु पर्नेछ ।

पुर्नकर्जा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरुलाई उपलब्ध गराउछ भने ऋणिले ५ प्रतिशतमात्रै ब्याज तिर्नु पर्नेछ ।

आवेदन दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातः
(क) नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन।

Advertisement

(ख) इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय।

(ग) शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची।

आवेदनको लागि पालना हुनुपर्ने अन्य शर्तहरुः
(क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने।

(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने।

(ग) एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/ वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने।

(घ) पुनर्कर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने।

(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने।

(च) आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री