बिहीबार, ६ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सको खुद नाफा बढ्यो

समयपोष्ट २०७७ साउन २९ गते ९:४६

Advertisement

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६७ लाख रुपैयाँ बढी हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ८१ करोड ९३ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यमा ५९ करोड ८५ लाख २३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा सामान्य सुधार देखिएको इन्स्योरेन्सको व्यवस्थापन खर्च र खुद बीमा दाबी भुक्तानीको आकार घटेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी पनि ५ करोड ३१ लाख रुपैयाँ घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५५ करोड ११ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद दाबी भुक्तानी गत आर्थिक वर्षमा ४९ करोड ८० लाखमा झरेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँबाट १ अर्ब ८५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले हालै ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी बढाएको हो। हकप्रदपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्नेछ। यद्यपि, हकप्रद शेयर पूर्ण बिक्री भइनसकेका कारण इन्स्योरेन्सले विवरणमा बिक्री भएको हकप्रद शेयर बराबरको पूँजी समावेश गरेको छ।

हकप्रद पूँजीकरणपश्चात इन्स्योरेन्सको वार्षिक १९ रुपैयाँ ६२ पैसा कायम हुन आउँछ। यस अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३.४८ गुणा हुन आउँछ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २२ पैसा रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री