शनिबार, १५ वैशाख २०८१

सेञ्चुरी कमर्सियल बैंकको थ्रि डी सेक्युर सेवा प्रारम्भ

समयपोष्ट २०७७ साउन २३ गते १६:२०

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इजियालियण्ट टेक्नोलोजी इण्डियासंगको सहकार्यमा थ्री डि सेक्युर सेवा प्रारम्भ गरेको छ ।

यससंगै बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

थ्रि डी सेक्युर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाईम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रि डी सेक्युर सेवामा कार्ड र ओ पि टि दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकले जनाएको छ ।

अन्य जानकारीका लागि बैंकले वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री