शनिबार, १५ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सको हकप्रदमा नबिकेको शेयर आज देखि लिलामीमा

समयपोष्ट २०७७ साउन २२ गते १२:०४

Advertisement

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरमा आवेदन नपरेको १ लाख ६१ हजार ७८ कित्ता शेयरमा आजदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। गत साउन ९ गते इन्स्योरेन्सले निष्काशन गरिएको कुल शेयरमध्ये ३६ लाख ८१ हजार ३५९.५० कित्ता हकप्रद शेयर बाँडफाँट गरेको थियो।

बाँकी रहेको संस्थापक समूहको ८१ हजार २२४ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयहरु र एनएलजी इन्स्योरेन्सको केन्द्रिय कार्यालयमार्फत आवेदन गर्न सक्नेछन्। लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन्।

शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी सबै कित्ता शेयरको लागि आवेदन पेश गर्न सक्नेछन्। लिलामी शेयरमा आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री