मंगलबार, ११ वैशाख २०८१

‘मजबुत हुनका लागि मर्जर हुन जरुरी छ’

सुद्युम्नप्रसाद उपाध्याय, सीईओ, प्रिमियर इन्स्योरन्स

समयपोष्ट २०७६ भदौ १३ गते ९:००

Advertisement

प्रिमियर इन्स्योरन्सको पछिल्लो अवस्था कस्तो छ ?

हामीले गत वर्ष एक अर्ब ६४ करोडको व्यापार गर्यौं । नाफा पनि राम्रै छ । कम्पनीले २५ वर्ष पूरा गरेको छ । साथै कम्पनी ‘स्टेबल’ रूपमा अगाडि बढिरहेको छ । हाम्रो चुक्ता पुँजी एक अर्ब सात करोड पुगिसकेको छ । बीमा समितिले तोकेको चुक्ता पुँजी पुगिसकेको छ । बजारमा २० वटा बीमा कम्पनी छन् । जसले गर्दा एकदम प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धात्मक बजारमा शाखा सञ्जाल बढाउँदै व्यवसाय विस्तार गर्ने अबको हाम्रो योजना छ ।

नयाँ कम्पनीहरू थपिएपछि कत्तिको असर गरेको छ ?

हामी पहिले नै एक अर्ब ६० करोडको व्यापार गरेका छौँ भने बजार ‘एभरेज’ भन्दा अगाडि रहेको कम्पनीलाई व्यापार गर्न अलि गाह्रो हुन्छ ।

गत वर्ष हाम्रो कम्पनीले साढे २५ अर्बको व्यवसाय गरेको थियो । पुँजीको हिसाब गर्दा सबै कम्पनीको पुँजी पुग्दा हामीहरूको ‘क्यापिटल फन्ड’ ३० अर्ब बराबरको हुन्छ । जब ३० अर्बको क्यापिटल फन्ड हुँदा त्यतिमा त्यति बिजनेस नहुँदा त्यो ‘क्यापिटल सर्भिसिङ’ गर्न ठूलो चुनौती हुन्छ । नयाँ कम्पनी आएर पुरानालाई त्यति समस्या पर्ने भन्ने हुन्न किनभने पुराना कम्पनीका आफ्नै ब्रान्ड, ट्राक रेकर्ड छ तर पनि ‘क्यापिटल सर्भिसिङ’का लागि जति वटा कम्पनी छ, उनीहरूले आ–आफ्नो सेयर लिइहाल्छन् । लिनेबित्तिक्कै एउटा कम्पनीको आजको दिनमा भागमा एक अर्ब २५ करोडको ‘एभरेज’ व्यापार भयो । हामी पहिले नै एक अर्ब ६० करोडको व्यापार गरेका छौँ भने बजार ‘एभरेज’ भन्दा अगाडि रहेको कम्पनीलाई व्यापार गर्न अलि गाह्रो हुन्छ ।

समितिले लगानीको दायरा वृद्धि गरिदिएको छ, एकीकृत सम्पत्ति बीमा लागू भएको छ, यसले कस्तो फाइदा पुग्ला ?

इन्स्योरेन्सको ‘पेनिट्रेसन’ बढेको छ । तल्लो तहमा जुन हाम्रो घर बीमा हुन्छ, त्यसमा प्रिमियम एकदम राम्रोसँग घटेको छ । एक करोडको घर बीमा चार हजारले गर्न सकिन्छ । बीमाको दायरा बढ्दै छ तर नेपालमा हरेक वर्ष एक/एक वटा प्रकोपले मुख्य क्षति गराइरहेको छ । अघिल्लो वर्ष पनि बाढीले धेरै क्षति पुर्यायो, यस वर्ष पनि बाढीकै कारणले गर्दा धेरै क्षति भएको छ । पाँच वर्षअघि भूकम्पले गर्दा क्षति भयो तर बजारमा प्राकृतिक जोखिमका कारणले हुने क्षति बढ्दै छ । त्यसले गर्दा अझ पनि बीमाको ‘करेक्ट प्राइसिङ’ भएको छैन कि जस्तो अवस्था छ ।

बीमाको इतिहास बैंकिङको भन्दा पनि अगाडिको छ तर द्रुत गतिले बीमा अगाडि नसक्नुको कारण के देख्नुहुन्छ ?

 

आर्थिक वृद्धिदर भन्दा बीमाको वृद्धिदर बढी छ । त्यसले पनि ‘पेनिट्रेसन’ बढ्दै छ तर बीमाको ‘पेनिट्रेसन’ रातारात वृद्धि हुँदैन । ‘ग्रोथ’ राम्रै छ ।

त्यसको कारण भनेको ‘पेनिट्रेसन’ नै हो । पहिले ‘कमर्सियल प्रपर्टी’ एकमै कम हुन्थ्यो । व्यक्तिगत सम्पत्तिमा बीमा गर्ने प्रवृत्ति थिएन । बैंकमा हाउजिङ लोन जब बढी ‘ब्याकअप’ हुन थालेपछि बीमा गर्ने प्रवृत्ति विकास भयो । बैंकको लोन जब संस्थागत हुँदै जान्छ, बीमा भनेको त्यसपछि हुने कुरा हो । जुनसुकै मार्केटमा पनि हेर्यो भने कि धितोको हिसाबले बाध्यात्मक बीमा हुन्छ कि राज्यले नै यो/यो बीमा अनिवार्य गर्नुपर्छ भनेको अवस्थामा बीमाको दायरा बढ्दै जाने हो । एउटा लेबल आउँछ, जसमा मानिसले स्वःस्फुर्त रूपमा बीमा गर्ने अवस्था आउँछ तर पनि एउटा ‘सिस्टम’ विकास हुनलाई समय लाग्यो । विगत १० वर्षभित्र पहिले मोटरको तेस्रो पक्ष बीमा थिएन, अहिले अनिवार्य गर्नैपर्छ । त्यस्तै, कृषि बीमा, पशु बीमा पनि अहिलेको पाँच वर्षभित्र नै आएको हो । त्यसपछि ‘मोटगेज’ बढ्दै छ, बैंकिङको दायरा बढ्दै छ । भनेपछि बिस्तारै त्यसअनुसार बीमाको ‘ग्रोथ’ भइरहेको छ । आर्थिक वृद्धिदर भन्दा बीमाको वृद्धिदर बढी छ । त्यसले पनि ‘पेनिट्रेसन’ बढ्दै छ तर बीमाको ‘पेनिट्रेसन’ रातारात वृद्धि हुँदैन । ‘ग्रोथ’ राम्रै छ ।

दाबी भुक्तानीमा कम्पनीहरूले अनेक झन्झटिलो बनाइदिन्छन् भन्ने गुनासा आउँछन्, यसलाई सहज गराउन के गर्नुपर्ला ?

बीमा कम्पनीले दाबीमा जटिल बनाउने होइन । अरू क्षेत्र त्यति संस्थागत नभएका कारणले गर्दा बीमा दाबीमा झन्झटिलो हुने भयो । जस्तो कसैको गाडी बिग्रिन्छ । गाडी बनाउनका लागि भ्याट बिल हुँदैन । पसलहरूमा पनि सबै कारोबार पारदर्शी हुँदैन । ‘अकाउन्टिङ सिस्टम’ पारदर्शी हुँदैन । जसले क्षतिको मूल्यांकन जटिल हुने हुँदा गाह्रो हुने हो । सबै डकुमेन्टेसन मिलेको छ भने झन्झटिलो हुँदैन तर विभिन्न कारणले गर्दा हाम्रो सबै कुरा मिलिरहेको हुँदैन । गाह्रो हुने त्यही भएर हो ।

बीमा कम्पनी मर्जरको कुरा आइरहेको छ, के कम्पनीहरू धेरै भएकै हुन् ?

नेपाली बजारमा कति वटा निर्जीवन बीमा आवश्यक छ भन्ने तोक्न सकिँदैन तर हाम्रो ‘मार्केट प्रिमियम’ अनुसार २० वटा कम्पनी भनेको संख्यात्मक रूपमा बढी नै हो । पुँजीको हिसाबले पनि उच्च नै देखिन्छ । बढेको पुँजीअनुसार व्यवसाय वृद्धि छैन । त्यही कारणले गर्दा पनि संख्या घट्नैपर्छ । कति के भन्ने समयले बताउला । ‘मार्केट ओभर क्राउडेड’ छ ।

वित्तीय क्षेत्रमा कम्पनीको संख्याभन्दा पनि मर्ज भएर ठूलो साइजको कम्पनी हुनुपर्छ भन्ने ‘कन्सेप्ट’मा विश्व गइरहेको छ । यहाँ पनि कम्पनी मजबुत हुनका लागि मर्जर हुन जरुरी छ । मर्जरले ‘ओभर हेड कस्ट’लाई घटाउँछ ।

वित्तीय क्षेत्रमा हेर्ने हो भने अहिले विश्वमै मर्जर व्यापक रूपमा बढिरहेको छ । ठूला–ठूला कम्पनीहरू जुन आर्थिक रूपमा सक्षम छन् र राम्रो व्यापार गरिरहेका कम्पनी पनि ‘ग्लोबल्ली मर्ज’ भइरहेको अवस्था छ । वित्तीय क्षेत्रमा कम्पनीको संख्याभन्दा पनि मर्ज भएर ठूलो साइजको कम्पनी हुनुपर्छ भन्ने ‘कन्सेप्ट’मा विश्व गइरहेको छ । यहाँ पनि कम्पनी मजबुत हुनका लागि मर्जर हुन जरुरी छ । मर्जरले ‘ओभर हेड कस्ट’लाई घटाउँछ ।

प्रिमियर इन्स्योरेन्सका आगामी योजना के छन् ?

यो कम्पनीले २५ वर्षदेखि पूर्वाधार क्षेत्रमा काम गरिरहेको छ । हामी सबै क्षेत्रमा व्यापार गर्छौं तर पूर्वाधार क्षेत्रमा व्यापार बढी नै छ । हामीले ‘प्रोजेक्ट’हरूमा नयाँ खालको बीमा कसरी ल्याउन सकिन्छ भनेर सोचिरहेका छौँ । त्यो हामी यो वर्ष ल्याउने प्रयास गर्ने छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री